कार्यवाहक सभापतिको प्रतिबद्धतापछि खुल्यो कांग्रेस मुख्यालयमा युवाहरुले लगाएको ताला



काठमाडौँ,१८ कार्तिक । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तीन बुँदे प्रतिबद्धतापछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलिएको छ।

खड्काले चालू केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको मिति तोक्ने, ४० वर्ष मुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्वको माग सुनिश्चितता सम्बन्धमा केन्द्रीय समितिको विधानमा परिमार्जन गर्नु पर्ने भएकोले बृहत्तर कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्ने गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै, विगत ४ वर्ष भित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने खड्काको प्रतिबद्धता छ।

नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस् !”लगायतको नारा लगाउंदै कांग्रेस सुधार अभियान (अन्डर- ४०)ले कांग्रेस पार्टी मुख्यालयको गेटमा २ दिन अघि ताला लगाएका थिए।

यस घटनापछि कार्यवाहक सभापतिले कार्यालय पुनः सञ्चालनमा ल्याउन पहल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्