डीआईजीमा बढुवा भए पाँच एसएसपी
काठमाडौं,१७ कार्तिक । नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई,ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले लाई डीआईजीमा बढुवा गरिएको हो।
बढुवासँगै उनीहरूको जिम्मेवारी पनि तोकिएको छ।
जस अनुसार,भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन्।
गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो।

