प्रचण्डकै नेतृत्वको छहारीमा पुगे गोपाल किँराती
काठमाडौँ,१७ कार्तिक । तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको एकताप्रति असन्तुष्टि जनाउँदै छुट्टै देशभक्त समाजवादी मोर्चा गठन गरेका गोपाल किराँती अन्ततः प्रचण्डको छहारीमुनि नै आईपुगेका छन्।

मोर्चा गठन गरेको आठ बर्षे अवधीमा टुट र फुटको अनेकौं अरोह अवरोह खेपेका किँराती एकताका नाममा फेरि पनि प्रचण्डकै नेतृत्वको छहारीमा आइपुगेका हुन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज (सोमबार) पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् । सहमतिपत्रमा मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिनका लागि क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य रहेको उल्लेख गरिएको छ।
दुई पार्टीबीच भएको सहमति अनुसार, विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरिनेछ। साथै, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र बारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिइनेछ।

