एमालेमा फर्कन तर ढोका राम्रोसँग खुल्नुपर्ने र बस्ने ठाउँ राम्रो हुनुपर्ने खनालको सर्त
काठमाडौँ,१५ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्।

उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे।
यद्यपि, उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै ‘केपी ओलीले घर फर्क भनेर मात्रै नहुने’ बताए। उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने सर्त राखे।
खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।

