नवनियुक्त दुई मन्त्रीले के गरे पहिलो निर्णय ?



काठमाडौं,९ कार्तिक । राष्ट्रपति कार्यालय शितलनिबासमा आइतबार सपथ लिएका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी मन्त्री शर्माले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्। आइतबार शपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले उक्त निर्णय गरेकी हुन्। 

मन्त्री शर्माले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन्।

उता,सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । सिराहाको लहान घर भएका मन्त्री गुप्ता जेनजी आन्दोलनको अगुवा समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्