जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या आरोपमा थप एक जना पक्राउ
काठमाडौँ,५ असोज । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जका प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक जना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घर भएका हाल काठमाडौँ धुम्बाराहीका बस्दै आएको २१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गर्ने गुरुङलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सोही घटनासँग सम्बन्धी दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । काभ्रेको रोशी गाउँपालिका(९ राजबास घर भई काठमाडौँको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थित थाहा नगरपालिका(७ बतासे घर भई काठमाडौँको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएको प्रहरीले जनाएको छ ।
गुरुङलाई अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

