महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ बिपिन जोशीको अन्त्येष्टि



काठमाडौँ,४ कार्तिक । हमासले कब्जा गरी हत्या गरेका नेपाली विद्यार्थी विपिन जोशीको शवयात्रा कञ्चनपुरको भिमदत्त नगरपालिकामा सुरु भएको छ।महाकाली नदी किनारमा अन्त्येष्टि अघि भीमदत्त नगरपालिकास्थित विपिन जोशीको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

शोकलाई शक्तिमा बदल्न उनको परिवारसँगै छरछिमेक र आफन्तसँगै शवयात्रामा नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससमेत उपस्थित छन्।नेपाल इजरायल सम्बन्धका सल्लाहकार नदाबसमेत छन्। राजदूत र सल्लाहकारको उपस्थितिले इजरायलले आफ्नो नागरिक सरह बिपीनको परिवारलाई सहयोग गरेको देख्न सकिन्छ।

उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका राजदूतसँगै पदाधिकारी विपिनको घरसम्म सोमबार नै पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्