छिमेक लघुबित्त बित्तिय संस्थाद्वारा बिमा सुरक्षण प्रदान



सोलुखुम्बु,१ कार्तिक । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तम्घास कि सदस्य मुमि सुनारनीलाई छिमेक लघुबित्त बित्तिय संस्थाले बिमा सुरक्षण प्रदान गरेको छ।

सुनारनीका श्रीमान भिम बहादुर सुनारको असामयिक निधनपछि उनले लिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गतको पाँच लाख ऋण बिमा सुरक्षणमार्फत कर्जा सुरक्षण अन्तर्गत रु.२५०००००/- २ लाख ५० हजार र पन्ध्र हजार क्रिया खर्च बापतको उपलब्ध गराएको छिमेक लघुबित्त बित्तिय संस्थाले जनाएको छ ।

त्यसैगरी पहिले लिएको २ लाख ५० हजारको सानिमा रिलायन्स इन्स्योरेन्स अन्तर्गत बिमा सम्झौता अनुसार भाका अबधी बाँकी रहेका कारण १ लाख ३१ हजार २५० रुपैयाँ समेत घरमै पुगेर चेकमार्फत भुक्तानी गरिएको पनि सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्