गायक नारायण थापाको धमकेदार प्रस्तुति
काठमाडौं,३१ असोज । चर्चित गायक नारायण थापाले दोश्रो चन्द्रागिरी औद्योगिक सांस्कृतिक पर्यटन ब्यापार तथा तिहार महोत्सव २०८२मा आफ्ना लोकप्रिय गीतहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन।

उल्लेख्य दर्शकहरुको हुटिंग र साथले हौशिएका गायक थापाले मायाले, डवल पारेर,बरपिपल,लेख्या माया पाईएन लगायतका आधा दर्जन गीतहरुमार्फत चिसिएको मौसमलाई तताएका थिए।
दुई दशकभन्दा बढि समयदेखि नेपाली संगीतमा सक्रिय गायक थापाका एक दर्जनभन्दा बढि गीतहरु बजारमा आउनेक्रममा रहेकाछन भने थुप्रै गीतहरु रेकर्डंगको क्रममा रहेकाछन।

