कांग्रेस केन्द्रीय समिति बैठक : मंसिरको २७ देखि २९ सम्म १५ औँ महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव



काठमाडौं, ३१ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे बस्नेगरि सकिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा महामन्त्री गगन थापाले पार्टीको नियमित १५ औँ महाधिवेशन आगामी मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्। उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ वटै क्षेत्रमा १५ दिन केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउन प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्