पूर्व सभामुख महरा पुर्पक्षका लागि थुनामा
काठमाडौं, २९ असोज । काठमाडौं जिल्ला अदालतले नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशसँगै महरालाई केन्द्रीय कारागार सुनधारामा लगिएको छ ।
काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको संलग्नता रहेन छ भन्न नसकिने भन्दै थुनामा पठाउने आदेश गरेको हो ।

