नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ



कास्की,२८ असोज । नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्।

नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका-१ घर भई पोखरा महानगरपालिका-२० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको जानकारी आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई एउटा नक्कली पेस्तोलसहित पक्राउ गरेको हो।

साथै प्रहरीले उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्