कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै,एजेन्डा तय हुनै बाँकी



काठमाडौ,२८ असोज ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु हुंदैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । एजेन्डा टुंगो लगाउन बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने बताईएको छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्