तेन्जेन दावामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
काठमाडौँ,२७ असोज । टिओबीको टिसर्ट लगाएर नक्कली पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ ।

उनीमाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको थियो । उनलाई टिओबी नामक संगठनसँगको सम्बन्धबारे पनि अनुसन्धान थालिएकाे प्रहरीकाे भनाइ छ । उनको ज्याकेटमा लेखिएको ‘टिओबी’ को अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको कुरा अधिकारीहरूले बताएका छन्।
पेस्ताेलसहित बनाइएकाे उनकाे भिडियाे पुरानाे भएकाे पुष्टि प्रहरीले गरेकाे छ । भिडियोमा तेन्जिङ दावालाई बिजुली बजार पुलमा कालो ड्रेस र टीओबी टिसर्ट लगाएर पेस्तोल कम्मरमा भरेर बाइक चलाउँदा देखिन्छ। प्रहरी अधिकारीहरूले भनेका छन् कि भिडियोको वास्तविकता र सम्बन्धित युवकको पृष्ठभूमिबारे थप अनुसन्धान जारी छ।
तेन्जिङ दावा एक ट्याटु आर्टिस्ट हुन्, जसले केही समय अघि बौद्ध क्षेत्रमा ट्याटु पसल खोलेका थिए। बताइएअनुसार हालका दिनमा भने उनकाे पसल बन्द छ ।

