प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने एमालेको निर्णय



काठमाडौं,२७ असोज । नेकपा एमालेले पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संसद् पुनःस्थापनाबाट नै अहिलेको समस्याको निकास दिने बताउनुभयो ।

तीन दिनदेखि जारी भई आइतबार राति सकिएको एमाले पदाधिकारी बैठकले हालको गतिविधिलाई प्रतिगमनको संज्ञा दिँदै एमालेले प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय पनि गरेको छ । यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनःस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ ?’,

प्रतिक्रिया दिनुहोस्