जमरकटेल बन्धु समाज काठमाडौंको १७ औं बार्षिक साधरण सभा सम्पन



काठमाडौ,२६ असोज । जमरकटेल बन्धु समाज काठमाडौको १७ औ र्वाषिक साधरण सभा सम्पन भएको छ । मध्यपुर थिमि नगरपालिकाको वाओ चोइस कटेजमा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष कुमार कटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यसमितिका प्रमुख सल्लाहकार मोहन शर्मा कटेलले पानसमा दिप प्रज्जवलन गरी उदघाटन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष बोधराज कटेलले स्वागत मन्तव्य राख्दै संस्थागत एवम समुहगत कार्यमार्फत बन्धुहितमा कार्य गर्दै आइरहेको प्रस्ट पार्नुभएको थियो ।

संस्था स्थापना गर्दा लिएको महत्वपूर्ण उदेश्य आफ्नो कार्यकालमा सम्पन्न नभएपनि द्रोस्रो कार्यसमितिले पुरा गर्ने गरी काम गरिरहेकोले आफु निकै खुसी रहेको कार्यसमितिका सल्लाहाकार मोहन शार्मा कटेलले बताउनुभयो।त्यस्तै कार्यक्रमा कोषाध्यक्ष ज्ञानु फुयाल कटेलले संस्थाको आयव्याय प्रतिवेदन एवम २०८२ ,२०८३का्े आथिक योजना समेत प्रस्तुत गर्नुभएको थियो ।

समितिका माहासचिव डिल्लीराम कटेलले कार्यसमितिका गतिविधि एवम समितिका पदाधिकारीहरु,तथा सदस्यले पुप्याएको योगदानको अभिलेखिकरणको प्रतिवेदन पेस गर्नुभएको थियो ।

कार्यसमितिका अध्यक्ष कुमार कटेलले संस्थागत विकासमा गरिएको कार्यको पृष्टभुमि उल्लेख गदै त्यसमा देखिएका चुनौतिको बारेमा सम्पूर्णमा अवगत गराउनुभएको थियो । उहाँले समाजलाई बुदिजीविकरण गर्न कठिन हुने तर कठिन नमानि कार्य गनुपर्ने संस्थाको कर्तव्य रहेकोले निरन्तर कार्य गरेमा त्यसबाट संस्थागत रुपमा आबद्र सदस्य मात्र लाभान्वित नभइ समाज र भावी पुस्ताले अनुसरण गर्ने मौका मिल्ने,संस्कारयुक्त समृद्र समाजको विकास हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा दिगो संस्थागत विकासकोे लक्ष्य प्राप्ति र समाजलाई सेवा पुर्‍याउने उदेश्यराखि १५ वटा धारणाहरु कार्यसमितिमा छलफल गरे पश्चात साधरण सभामा पेस गरिएको थियो । कार्यसमिति बाहेकका सदस्यहरुले समेत व्यक्त धारणालाई थप गरी आगामी विशेष भेलामा विभिन्न समूहमा छलफल गरी निष्कर्षमा पुग्ने अध्यक्ष कटेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्