अचानक अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौं,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ । जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अचानक अस्वस्थ भएपछि उनलाई त्रिभुवन बिश्वविद्याय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

उनको हाल मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर मा उपचार भइ रहेको छ ।उनमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । ‘अवस्था स्थिर छ । थप परीक्षणका लागि अस्पतालमै भर्ना गरेर राखेका छौं,’ स्रोतले भन्यो ।
file foto

प्रतिक्रिया दिनुहोस्