भोलिलाई सर्‍यो एमाले सचिवालय बैठक



काठमाडौं,२५ असोज । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने बताए ।
भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले जानकारी दिए ।

शुक्रबार गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्