सुदन गुरुङबिरुद्ध शितल निबासमा नाराबाजी



काठमाडौं,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठकमा सहभागीताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएर गुरुङ नेतृत्वको समूहबिरुद्ध नाराबाजी भएपछि आजका लागि तय
बैठक राष्ट्रपतिले स्थगन गरेका हुन्। त्यसपछि बैठक सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ।ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ। यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्