माईतीघरमा प्रदर्शन गर्न निस्किएकाहरु धमाधम पक्राउ
काठमाडौं,२३ असोज । माइतीघरमा प्रदर्शन गर्न खोज्न निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

बिहिवार शान्तिपूर्ण प्रदर्शन निस्किएका मध्ये १८ जनालाई प्रहरीले पक्राउ गरीसकेको जनाइएको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल लगायत छन्।
प्रदर्शनकारीहरूले गर्ने बताएपछि सुरक्षाका कारण पक्राउ गरिएको हो।
काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ ।
हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा डा.निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।

