राजनीतिलाई ख्यालठट्टा नठान्न गृहमन्त्री अर्याललाई पूर्बप्रधानमन्त्री ओलीको चेतावनी



काठमाडौँ,२३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गर्दै राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी दिएका छन्।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अहिले देशको परिस्थिति पनि असाधरण रहेको उल्लेख गरेका हुन् । ओलीले भने, ‘देशमा सरकार छ। तर संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’त्यो पनि नेपालीको सरकार नभएको उनको भनाई थियो ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो’, ओलीले भने, ‘उहाँलाई राम्ररी थाहा छ– संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’

उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए ।

ओलीले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गरेको भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए । उनले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्