कटारी–घुर्मी सडकखण्डमा सवारी सञ्चालनमा रोक

(फाईल फोटो)
काठमाडौं,१८ असोज । लगातार वर्षा र खराब मौसमका कारण उदयपुर जिल्ला प्रशासन कार्यालय, गाइघाटले कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार २०८२ साल असोज १८ गते बिहानदेखि उदयपुर जिल्ला तथा आसपासका क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार असोज २१ गतेसम्म वर्षा जारी रहने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको जनाइएको छ ।

