असोज १८ गतेदेखि २० गतेसम्म १७ जिल्लामा बाढीको उच्च जोखिम,सतर्कता अपनाउन आग्रह



काठमाडौं,१६ असोज । जल तथा मौसम विज्ञान विभागले १७ जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ ।

बुधबार बेलुका विभागको मौसम पूर्वानुमान शाखाले विज्ञप्ति जारी गर्दै विभागले बागमती प्रदेशका काठमाडौँ उपत्यका (ललितपुर, भक्तपुर, काठमाडौं),काभ्रे,सिन्धुपाल्चोक,रसुवा,मकवानपुर,चितवन,कोशी प्रदेशका संखुवासभा,ताप्लेजुङ,इलाम,झापा, मोरङ जिल्ला, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरेर आगामी असोज १७ गते बाट असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार नारायणी,बागमती,कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी,बागमती,गण्डकी,लुम्बिनी र मधेश प्रदेशका महाभारत,चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्