विश्व शेर्पा संघले अक्टोबर ८ मा विश्व शेर्पा दिवस मनाउँने
दावा जाङ्बु शेर्पा, काठमाडौं,१५ असोज । विश्वभर छरिएर रहेका शेर्पाहरुको भाषा धर्म र सस्कृतिको एक रुपता र विश्वभर छरिएर रहेका शेर्पाहरु एकाबद्ध गराउन विश्व शेर्पा संघको स्थापना भएको हो।

विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा )को स्थापना भएको दिन अक्टोबर ८ तारिख ”विश्व शेर्पा दिवस” विश्वभर मनाईँदैछ। नेपाल, भारत, यूरोप अमेरिका लगायत देशहरुमा कार्यक्रमहरु तयार भएका छन। सन् २०१७ को अक्टोबर ८ मा विश्व शेर्पा संघ स्थापना भएको र सोही दिनलाई विश्व शेर्पा दिवसको रूपमा विश्वभरका शेर्पाहरुले मनाउँदै आएका छन् ।
त्यसैगरी,अक्टोबर ८ का दिन विश्व शेर्पा संघले विश्वका सबै शेर्पा संघ सस्था किदुगहरुको सहभागितामा अनलाईन शुभकामना कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने तय गरेको विश्व शेर्पा संघका महासचिब आङ जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

