काठमाडौंको भीमसेनस्थानमा ६ घर जलेर ध्वस्त,क्षतिको विवरण आउँन बाँकी
काठमाडौं,१३ असोज । काठमाडौंको भीमसेनस्थानमा आगलागी भएको छ । परोपकार भीसेनस्थानस्थित एक कपडा गोदामबाट सुरु भएको आगोले वरपरका ६ घर ध्वस्त भएका छन् भने मन्दिरमा समेत आगो लागेको छ ।

बिहान करिब ३ बजे सुरु भएको आगलागी दमकल,स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना,नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतका ६ वटा दमकल खटिएका थिए।
स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ। आगो तीन वटा घर र एक मन्दिरमा लागेको स्थानीय बताउँछन्।
हालसम्म क्षतिको विवरण संकलन भइरहेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

