धरानका मेयर साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्दै , निर्वाचन आयोगमा दिए निवेदन



काठमाडौं,१२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

२०७९ को निर्वाचनमा लौरो चुनाव चिह्नबाट धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आइतबार निवेदन दिएको सहयोगीहरूले बताएका छन् । तर उक्त पार्टीको कार्यनीति र नेताहरूको को को छ भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए ।

धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्