जेन जी आन्दोलनपछि एमाले सचिवालय बैठक आज बस्दै



काठमाडौँ,१२ असोज ।जेनजी प्रदर्शनपछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निबास गुण्डुमा दिउँसो १ बजे बस्ने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उनले बताए । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्