नेपाल संगीत कल्याण कोषको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं,११ जेठ । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी,नेपाल सम्वद, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । कोषका अध्यक्ष रमेश पाठकले सभापतित्व गर्नुभयो सो समारोहमा बरिष्ठ संगीतकार राजु सिंह प्रमुख अतिथि रहनुभएको थियो भने सञ्चारकर्मी गीता अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

यस अवसरमा प्रमुख अतिथि संगीतकार सिंह तथा गीतकार तथा प्राज्ञ पुरु लम्सालले नेपाली संगीतको क्षेत्रमा संस्थाले अझ उल्लेखनीय योगदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नभएको थियो । त्यस्तै, अध्यक्ष पाठकसँगै कोषका पदाधिकारी गायक रामकृष्ण श्रेष्ठ, संगीतकार विनोद पछाई र गायक चेतन राईलगायतले कोषका गतिविधिबारे जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कला,संगीत,संस्कृति र पर्वलाई आपसमा जोड्ने सन्देश दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले कलाकारहरूको मनोबल वृद्धिसँगै सांस्कृतिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा कोरियोग्राफर/मोडल कृष्ण रसाल,निर्देशक टेक छिरिङ लामा,नृत्य निर्देशक पारस अधिकारी,कलाकार शिला गजुरेल सहितका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

