थाईल्याण्ड भाग्ने तयारीमा रहेका देउवा दम्पतिको योजनामा ‘ब्रेक’
काठमाडौँ,११ असोज । उपचारका लागि थाइल्यान्ड जाने भन्दै भाग्ने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवाको योजनामा ब्रेक लागेको छ ।

भदाै २४ गते जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा दम्पती सैनिक अस्पतालमा उपचाररत रहेकै बेला असोज ३ गते सार्बजनिक बिदाको दिन उनीहरूका नाममा बिभागकै कर्मचारीमार्फत राहदानी जारी भएको प्रकरण सार्बजनिक भएसंगै उनीहरूको योजनामा ब्रेक लाग्न पुगेको हो। देउवा दम्पतीका नाममा जारी भएको सो राहदानीका विषयमा परराष्ट्र मन्त्रालयले सोधपुछ र छानबिनसमेत थालेको जनाईएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आवश्यकता अनुसार जुनसुकैले राहदानी बनाउन पाउने भए पनि बिदाको दिन राहदानी बनेको घटना गम्भीर भएको बताइएको छ। “अस्वस्थ्य वा हिँडडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष व्यवस्था गर्न सकिन्छ, तर असोज ३ गते बिदाको दिन राहदानी बनेको प्रकरण शङ्कास्पद देखिएकाले छानबिन भइरहेको छ,” ती अधिकारीले भने।
यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

