कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव छैन : मन्त्री पुन



काठमाडौँ,१० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाएर कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नहुने बताएका छन् ।

योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न आग्रह गर्दै मन्त्री पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्-‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन।’

‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु।’- उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्