स्कुटर दुर्घटनामा घाइते नमोबुद्धका पूर्वमेयर तिमिल्सिनाको निधन
काभ्रे,७ असोज । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ। मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।

गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध २ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।
नार्केबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

