अस्थायी रूपमा केशरमहल सर्‍यो शिक्षा मन्त्रालय



काठमाडौँ,६ असोज । शिक्षा मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएपछि सो मन्त्रालय तत्कालका लागि केशरमहल सरेको हो।

उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्