अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको आधारभूत अधिकार भए पनि अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउन र अरुको अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार कानुन,नेपालको संविधान तथा मुलुकी अपराध संहितामा समेत अरुको मर्यादामा ठेस पुग्ने,गाली वा बेइज्जती गर्ने कार्यलाई दण्डनीय बनाइएको प्रावधान स्मरण गराउंदै आइतबार आयोगद्वारा जारी विज्ञप्तिमा सो आग्रह गरिएको हो।आयोगले
समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।

जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामासमेत घृणाजन्य अभिव्यक्ति सार्वजनिक भइरहनु चिन्ताजनक रहेको उल्लेख गर्दै आयोगले भनेको छ- ‘यस्ता अभिव्यक्तिले समाजमा हिंसात्मक गतिविधिलाई प्रश्रय दिने खतरा बढाएको छ।’

प्रतिक्रिया दिनुहोस्