जेन जी आन्दोलन : दलमा आबद्ध युवाहरूले समेत फाइदा उठाउन खोजेको घाइतेहरुको आरोप



काठमाडौँ,५ असोज । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइतेहरूले राजनीतिक दलमा आबद्ध युवाहरूले समेत जेन जी आन्दोलनको फाइदा उठाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आईतवार गृहमन्त्री ओम प्रकाश अर्यालसंग भेटी जेनजी आन्दोलनका घाइतेहरुले सो आक्रोश व्यक्त गरेका हुन्।आफूहरू नै वास्तविक जेनजी पुस्ता भएको भन्दै उनीहरूले आन्दोलनलाई हाईज्याक गर्न खोजिएको आरोप समेत लगाए।

उनीहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी दिंदै आन्दोलनबाट प्राप्त उपलब्धिलाई दुरुपयोग गर्न ध्यानाकर्षण समेत गराए। हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्।

यसअघि उनीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध नाराबाजी गरेका थिए । file foto

प्रतिक्रिया दिनुहोस्