नेपाली सेनामाथि नेमकिपा अध्यक्ष बिजुक्छेको गम्भीर आरोप
काठमाडौं,४ असोज ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनीको बिषयलाई लिएर बिजुक्छेले त्यस्तो आरोप लगाएका हुन्।

भक्तपुरको ख्वप कलेजमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘सिंहदरबारमा सेनाबाहेक कसैले त्यो (आगजनी) गर्नै सक्दैन्। सिंहदरबारमा बाहिरबाट कसैले गर्नै सक्दैन, भित्रैबाट गरेको हो।’
जेनजीको आन्दोलनमा भएको आगजनीमा अमेरिका र भारतको हात रहेको पनि बिजुक्छेको दाबी छ। त्यसमा नेपालीलाई नै प्रयोग गरिएको उनको भनाइ छ।
‘उनीहरूले नेपालीहरूलाई नै प्रयोग गर्दैछन्, त्यस कारण विदेशमा नेपाली सेनालाई पठाउनुहुन्न भन्ने कारण त्यही हो,’ बिजुक्छेले भने।
युवाहरूले क्रान्ति ग¥यौं भन्ने ठानेको भए पनि त्यस्तो नभएको उनको भनाइ छ। ‘उनीहरूले हामीले इमानदारीपूर्वक क्रान्ति ग¥यौं सोचिरहेका होलान्,’ बिजुक्छेको भनाइ छ, ‘जबकि त्यो क्रान्ति होइन।

