सजिनाको मर्मस्पर्शी गीत ‘देखेपछि’ सार्वजनिक
काठमाडौं, ४ असोज । गायिका एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द,ताराबिर पाण्डेको संगीत रहेको मायाप्रेम भित्र हुने घट्नाक्रमलाई देखाईएको मर्मश्पर्शी गीत ‘देखेपछि’ को भिडियो सार्वजनिक भएको छ ।

मोडलिङ्को क्षेत्रमा पृथक पहिचान बनिसकेको अहिलेकी व्यस्त मोडल सजिना लामिछाने, पवन खतिवडा, रञ्जना कडरिया, सरु खरेल, लोकेश ओलीको अभिनय भिडियोमा देख्न सकिन्छ ।
रमित बोहराको छायांकन,श्रृंगार मोहन तामाङ, सम्पादन राज धामीको रहेको ‘देखेपछि’ भिडियोमा मोडल सजिना लामिछानेको निर्देशन रहेको छ ।

