संविधानमा थप संशोधन र परिमार्जन आवश्यक : प्रचण्ड



काठमाडौँ,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा थप संशोधन र परिमार्जन आवश्यक रहेको बताएका छन् ।

संविधान दिवसको पूर्बसन्ध्यामा विशेष सन्देश जारी गर्दै दाहालले सो कुरा बताएका हुन् ।अहिलेको निर्वाचन प्रणालीले भुइँमान्छेलाई सहभागिताबाट टाढा राखेको बताउँदै उनले भने-‘भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले जेन–जीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको फरक मत थियो।’

२३ र २४ भदौको प्रदर्शनमा सरकारको दमनले नरसंहार हुन पुगेको उल्लेख गर्दै प्रचण्डले भदौको २ दिने आन्दोलनमा ७० भन्दा बढी युवाको मृत्यु भएकामा शोक व्यक्त गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आउँदा असहमतिका बुँदामा मत मिलेको भए अहिले फेरि युवापुस्ताले रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुने तर्क उनको थियो ।

देश पुन: र्निर्माणमा जुट्न सम्पूर्ण पार्टी र जनसमुदायलाई आह्वान गर्दै
फागुन २१ को निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले देश र जनताविरुद्ध षडयन्त्र नरोकिएको भन्दै अन्तरिम सरकारलाई तोकिएकै समयमा निर्वाचन गर्न सहयोग गर्नुपर्ने बताएका हुन्।

प्रचण्डले २३ र २४ गतेका घटनाको छानबिनका लागि स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरे।file foto

प्रतिक्रिया दिनुहोस्