नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १५ जना घाइते



हेटौँडा,३१ भदौ । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको जिप दुर्घटना भएको छ ।मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौंडातर्फ लगिँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिप तनहुँबाट मकवानपुरको हेटौँडाबाट धनुषातर्फ जाँदै गरेको जानकारी पाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनाको बारेमा थप विवरण सङ्कलन कार्य भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्