नेकपा माओवादी केन्द्रले नयाँ केन्द्रीय कार्यालय बनाउने



काठमाडौं,३१ भदौ । नेकपा माओवादी केन्द्रले नयाँ केन्द्रीय कार्यालय बनाउने भएको छ ।

जेन–जी आन्दोलनका क्रममा काठमाडौं कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि आज अवलोकनका लागि केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका कार्यकर्ताको सहयोगमा नयाँ पार्टी कार्यालय बनाइने बताएका हुन्। आगजनीबाट बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू आगजनीमा जोगिएका उनले जानकारी दिए ।

उनी आजमात्रै सार्बजनिक कार्यक्रममा निस्किएका हुन्। उनीसहितका नेतालाई नेपाली सेनाले सुरक्षा दिएर राखेको थियो । सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताहरूबाहेक धेरैजसो फर्किसकेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवा आक्रमणबाट घाइते भएको हुँदा उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्