तलब कट्टा गरेर ‘जेन जी’ आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई १०/१० लाख उपलब्ध गराईने
काठमाडौं, ३० भदौ । जेन–जी आन्दोलनका क्रममा मृत्युवरण गरेको अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाखको दरले सहयोग उपलब्ध गराउने भएको छ ।

महानिरीक्षकदेखि निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही दश लाख उपलब्ध गराउने निर्णय भएको प्रहरीले जनाएको छ ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ३ जना प्रहरीको मृत्यु भएको थियो ।

