नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरात बालुवाटारमा प्रदर्शन



काठमाडौं,३० भदौ । जेन जी आन्दोलनको स्वामित्व लिएर हर्ताकर्ता बनिरहेका सुदन गुरुङ समूहले मध्यराती बालुवाटारमा नाराबाजी गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ।

अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि कार्कीविरुद्ध
बालुवाटारमै नाराबाजी गर्दै सो समूहले राजीनामा मागेको हो।

आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान उनीहरूको छ । जेनजीका अगुवा सुजन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ।

आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार,ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेकि थिइन ।

प्रतिक्रिया दिनुहोस्