‘जेन जी’ को झट्काले पनि दलहरु सुध्रिएनन् भने उनीहरूलाई समयले नै पछि छोड्छ : अधिबक्ता शर्मा



काठमाडौं,२९ भदौ । अधिबक्ता बासुदेब शर्माले मुलुकका स्थापित शक्तिहरुबीचको सहकार्य र सहमति बिना मुलुक अगाडी बढाउन खोज्नु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

भदौ २३ र २४ गते भएको नव युवाहरु ‘जेन जी’ हरुको आन्दोलन सत्ता कब्जा गर्नका लागि नभई मुलुकमा विद्यमान कुशासन र भ्रष्टाचारको अन्त्यका लागि भएको बताउँदै शर्माले सबै शक्तिले आत्मसमिक्षा गरेर सहकार्य र एकताका साथ अघि बढ्न नसके मुलुक झन संकटमा फस्ने उनले बताए । राजनीतिक दलमात्र नभएर मुलुकका सबै अंग असफल भएको पुष्टि जेन जी आन्दोलनले गरेको बताउँदै रहस्यखबरसंग उनले भने- ‘मुलुक असफल हुंदैछ भन्ने कुराको यो भन्दा ठुलो उदाहरण अरु हुन सक्दैन ।’ गुप्तचर निकाय,प्रशासन संयन्त्र असफल हुँदै जानु र सुरक्षा निकायले सुरक्षा प्रदान गर्न नसकेकै कारण जेन जी आन्दोलनमा मुलुककै प्रशासनिक निकाय सिंहदरबारदेखि वडा कार्यालयसम्मको भौतिक संरचना तहसनहस हुन पुगेको उनको भनाई थियो ।

बिजुलीको झड्का जसरी आएको ‘जेन जी’ ले मुलुकमा अकल्पनीय क्षति पुर्‍याएको छ। यस्ले राजनीतिक रूपमा हामीले गर्ने अहंकारको धरातल कति कम्जोर रहेछ भन्ने पनि प्रमाणित गर्‍यो अधिबक्ता शर्माले भने-‘जेन जी ले सुधारका लागि अवसर दिएको छ,यसको सदुपयोग सबै पक्षले गर्नुपर्छ।’

आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको बिषयलाई कसले पनि हार र जीत तथा बैध र अवैधको रूपमा अर्थ्याएर बुझ्ने गल्ती कसैले पनि गर्न नहुने उनले बताए । २०६२/०६३ पछि राजालाई पराजित शक्तिका रूपमा ब्यवहार गर्दा मुलुकमा समस्या सृजना भइ रहेको भन्दै उनले जेन जीलाई त्यस्तो गल्ती नगर्न सुझाव दिए।’२०६२/०६३ मा राजनीतिक रूपमा कसैको हार र कसैको जीत भएको होइन, बरु संबैधानिक कमजोरी राजा र दलहरु दुबैले गरेका थिए’ शर्माले भने- त्यतिबेला राजा र दलहरुबीच के कारणले विवाद उत्पन्न भएको हो,त्यसको कारण पत्ता लगाएर निरुपण गर्नुको सट्टा सत्ता कब्जा गर्ने खेलमा लाग्दा मुलुक असफल हुँदै गई रहेको छ।’

लोकतन्त्र,प्रजातन्त्र वा गणतन्त्रको आवरणमा केही नेताहरुले खडा गरेको सिन्डिकेट तोड्न र राजनीतिक दलका अन्य नेता कार्यकर्ताहरु सही बाटो देखाउन जेन जी सफल हुनु सांच्चिकै गौरवको बिषय भएको उनको थियो। राजनीतिक दलका नेता कार्यकर्ताहरुले नेतृत्वले चालेका गलत कदमको बिरोध नगरी गुलामी मात्रै गरेर पछाडी लाग्दा जेन जी जाग्नु परेको उनको भनाई छ। जेन जीले दिएको यो झड्काले पनि पनि आफुलाई रिभ्यु गर्न नसके पुराना पार्टीहरुलाई समयले नै पछाडी छोड्दै जाने बताउँदै उनले भने,- ‘सत्ता र शक्तिको दाउपेचमा मात्रै नलागी राजादेखि सम्पूर्ण राजनीतिक शक्तिले आफुलाई सच्याएर एउटै संबिधानको धारामा अट्ने गरी अगाडी बढ्नुको विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस्