सञ्चालनमा आए सार्बजनिक यातायात, दशैंका लागि अग्रिम बुकिङ खोल्नेबारे आज छ्लफल गरिंदै



काठमाडौं,२९ भदौ । जेन जी आन्दोलनका कारण अस्तब्यस्त बनेको जनजीवन सामान्य बन्दै गएपछि आजबाट सार्बजनिक यातायात सेवा पनि पूर्ण सञ्चालनमा आएको छ । आन्दोलनका कारण बन्द भदौ २४ गतेबाट बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएसंगै सरकार र सरोकारवालाहरुबीच दशैं लक्षित अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल गरिने भएको छ ।

यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत जुट्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए ।

‘दशैं नजिकिएकाले अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भनेर सरकारले छलफलमा बोलाएको छ,’ सिटौलाले भने, ‘वर्षाको अवस्था, शान्ति सुरक्षाको अवस्था सबै विश्लेषण गरेर आवश्यक निर्णय हुन्छ ।’उनका अनुसार जेनजी युवाको प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि लागेको कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीमा अझै संशय बाँकी नै छ । यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।

यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ

प्रतिक्रिया दिनुहोस्