प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त,संकटकाल लगाउने तयारी
काठमाडौँ।२७ भदौ ।राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको छ।
सपथग्रहण पछि शीतलनिवासमा आजै बस्ने मन्त्री परिषद बैठकले संकटकालको सिफारिस गर्ने र सोही सिफारिसका आधारमा राष्ट्रपतिमा प्राप्त हुने विषम परिस्थितिमा प्रयोग हुने संवैधानिक विशेषाधिकारको आधारमा संसद विघटनको तयारी भएको छ ।
कार्की नेतृत्वको अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउनुपर्ने हुन्छ । चुनावी म्यान्डेटसहित प्रधानमन्त्री भएकी कार्की प्रधानमन्त्री हुने पहिलो महिला हुन् । कार्की यसअघि प्रधानन्यायाधीश भएकी थिइन् ।

