प्रहरीले खोज्न थाल्यो ‘जेन जी’ आन्दोलनमा भएका घटनाको फोटो तथा भिडियो



काठमाडौं,२७ भदौ । नेपाल प्रहरीले भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर tathभिडियो खोज्न थालेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सो घटनाका तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए
[email protected] पठाउन आग्रह गरेको छ । त्यस्ता तस्बिर,भिडियो तथा लिंक पठाउनेहरुको गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ ।

देशभर भएको प्रदर्शनका क्रममा अहिलेसम्म ५२ जनाको ज्यान गएको छ भने मुलुकै प्रशासनिक केन्द्र सिंहदरबार देखि निजी व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा तोडफोड र आगजनी हुंदा खरबौंको नोक्सान हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्