गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा



काठमाडौँ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मन्त्री लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

सोमबार भएको ‘जेन जी’आन्दोलनमा व्यापक दमन भएपछि आफ्नै दल तथा बिपक्षीहरुले राजीनामाका लागि तीब्र दबाब दिएका थिए।आन्दोलनमा प्रहरीले जथाभावी गोली चलाउंदा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्युु हुनुका साथै ५ सय बढी आन्दोलनकारी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्