‘जेएन जी’आन्दोलन दमन छानबिनकका लागि आयोग गठन गर्न रास्वपाको माग
काठमाडौं,२३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोमबार विज्ञप्तिमा जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री रमेश लेखकलगायत सबै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गर्दै रास्वपाले मध्यावधि निर्बाचनमा जानुपर्ने बताएको छ ।
“नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

