कर्फ्युले रोकिएन जेएनजी आन्दोलन, बानेश्वर क्षेत्र झनै तनावग्रस्त
काठमाठौं,२३ भदौ । जेन जीको प्रदर्शनले बानेश्वरमा निषेधित क्षेत्र तोडेपछि स्थानीय प्रशासनले कर्फ्यु लगायो । साढे १२ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइए पनि त्यसको तीन घण्टासम्म बानेश्वर क्षेत्र नियन्त्रणमा आएको छैन । स्थिति थप तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली चलाएको छ । प्रहरीको गोली लागेर घाइते भएकाहरूले सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर लगभग भरिएका छन् ।
प्रहरीको गोली लागेर तीन जना पत्रकार पनि घाइते भएका छन् । केही प्रदर्शनकारीको मृत्युसमेत भइसकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरुमा बानेश्वर क्षेत्रका लागि कर्फ्यु लगाएका थिए । पछि उनले महाराजगञ्ज, नायणहिटी, लैनचौर र सिंहदरबार क्षेत्रमा लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका थिए ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रसमेत प्रयास गरेका थिए ।

