जेनजी आन्दोलनमा हालसम्म गयो १४ जनाको ज्यान,पोखरामा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडौं,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

घाइते भएर अस्पताल पुर्याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनका क्रममा बल प्रयोग गरिएको भन्दै प्रदर्शनकारीहरुले प्रहरी दमनको विरोध गरेका छन् उता,कस्कीको पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
सोमबार (भदौ २३) दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका निम्ति निषेधाज्ञा जारी गरिएको छ । “…निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रूद्रादेवी शर्माले जारी गरेको आदेशमा उल्लेख छ।

