गंगा सोनामको पहिलो रेकर्डेड गीत ‘गुनासो’ सार्वजनिक



काठमाडौं,२१ भदौ। नेपाल आइडल सिजन ६ की विजेता बन्न सफल भएसंगै गंगा सोनामको पहिलो रेकर्डेड गीत सार्वजनिक भएको छ।

उनको एकल स्वरमा बिहिबार सार्वजनिक ‘गुनासो’ ुबोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।
गीतकार प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल युट्युब च्यानल प्रदिप चापागाईंबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्